Logo

आजै थपिए १२२८ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा थपिए ४४५ जना

आजै थपिए १२२८ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा थपिए ४४५ जना



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस (कोभिड १९) को सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४ सय १३ नमुना परीक्षण गर्दा ३ सय ९४ महिला र ८ सय ३४ पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९ सय १७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL