बिजखबर संबाददाता
८ असोज,काठमाडौं । नेपालस्थित भारतीय दूतावासले नेपालको ढुवानीमा देखिएको अवरोध नेपाली पक्षबाट नै भएको दाबी गरेको छ ।
दूतावासले शुक्रवार एक विज्ञप्ती जारी गर्दै नेपालमा देखिएको असहज परिस्थिति, आन्दोलन, हडताल तथा त्यसमा भएको हिंसामा नेपालीहरुको संलग्नता रहेको बताएको हो ।
प्रमुख तीन दलको बिहीबार बसेको बैठकले भारतीय दूतावासलाई हालको ढुवानीको समस्याका विषयमा नेपालका लागि भारतीय राजदूतसँग सोधपुछ गर्न सरकारलाइ आग्रह गर्ने निर्णय गरेको थियो । तर सरकारले सोधपुछ गर्नु अगावै दूतावासले शुक्रवार बिहान विज्ञप्ती जारी गरेको हो ।
दूतावासले अगाडी पनि आन्दोलन नरोकिए सामान पठाउन नसकिने चेतावनी समेत दिएको थियो । ‘हाम्रा कार्गो ढुवानीकर्ताहरू तथा ढुवानी यातायातमा सङ्लग्नहरुले नेपालको अवस्थाका विषयमा उजुरी गरेका छन्’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरुले नेपालमा जारी आन्दोलनलाई लिएर सुरक्षाको प्रश्न समेत उठाएका छन् ।
साथै तराईमा देखिएको आन्दोलन राजनीतिक प्रकृतिको भएको भन्दै त्यसलाई तत्काल सम्बोधन गर्न आवह्वान गरेको छ ।