Logo

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । बिहीबार नेपाली बजारमा सुन तोलामा ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा १२ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९६ हजार ७ सय रूपियाँमा कारोकार भएको थियो । आज तेजावी सुनको मूल्य ९६ हजारमा कारोबार भइरहेको छ ।

हिजो चाँदीको मुल्य १ हजार ३ सय ६५ मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय ४५ रूपियाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL