Logo

कोरोनाका कारण गरिबीको अन्तर अझै बढ्ने, करोडौं मानिस बेरोजगार बन्ने

कोरोनाका कारण गरिबीको अन्तर अझै बढ्ने, करोडौं मानिस बेरोजगार बन्ने



काठमाडौं । कोरोना भाइरसको महामारीले आगामी वर्ष महिला र पुरुषबीचको गरिबीको अन्तरलाई थप बढाउने संयुक्त राष्ट्रसंघले जनाएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर रोजगारी गुमाउने र पेशाबाट विस्थापित हुनेहरुको संख्या बढ्दै गएकाले त्यसको असर दीर्घकालीन रुपमा देखा पर्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।

आगामी वर्ष साढे चार करोड भन्दा बढी महिला तथा केटाकेटी गरिबी र अभावबाट प्रभावित हुने राष्ट्रसंघको पूर्वानुमान छ । राष्ट्रसंघका अनुसार गरिब र अल्प विकसित देशका महिला तथा बालबालिकाले कोरोना महामारी पछि अनौपचारिक क्षेत्रका श्रमिकहरुको दैनिकी कष्टकर हुने जनाएको छ ।

महत्वपूर्ण रोजगारी गुमाउँदा पुरुष भन्दा महिला नै बढी प्रभावित हुने राष्ट्रसंघको आँकलन छ । राष्ट्रसंघकी महिला विभाग प्रमुख फुम्जाइल मेलाङ्गो एनगकाकाले समाजको अर्थव्यवस्थाका कारण महामारी लगत्तै महिला तथा बालबालिकाका सबैभन्दा बढी प्रभावित हुने बताउनुभयो ।

उहाँले महामारी बढ्दै जाँदा पुरुषको तुलनामा महिलाहरुले चाँडै रोजगारी गुमाएको राष्ट्रसंघको एक अध्ययनले जनाएको छ । अनौपचारिक क्षेत्रमा बढी काम गर्ने महिलाहरुको बेरोजगारीको दर बढेको हो । राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार यस वर्ष जुन महिनामा कोरोना महामारीका कारण हजारौं घरेलु कामदारले रोजगारी गुमाएका छन् ।

राष्ट्रसंघीय महिला र संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडिपी)का अनुसार महामारीको असरका कारण आगामी वर्ष करिब १० करोड मानिस चरम बेरोजगारीको सिकार बन्ने बन्ने छन् । जसमध्ये आधा भन्दा बढी महिला हुने राष्ट्रसंघको अनुमान छ ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL