Logo

काठमाडौं भित्रिन पीसीआर रिपोर्ट अनिवार्य, सर्त सहित १३ प्रकारका काम गर्न खुला

काठमाडौं भित्रिन पीसीआर रिपोर्ट अनिवार्य, सर्त सहित १३ प्रकारका काम गर्न खुला



काठमाडौं । काठमाडौं उपत्यकामा सर्त सहित विभिन्न १३ प्रकारका काम गर्न पाहिने भएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपु र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले जारी निषेधाज्ञालाई केही लचकता अपनाउँदै उक्त व्यवस्था गरेको हो ।

बैंठकले यस अघि प्रतिबन्धित धेरै जसो व्यवस्थालाई यथावत राख्दै विकास निर्माणका कामका लागि आवश्यक ढुवानीका सावारीसधान संचालनदेखि पीसीआर रिपोर्टका आधारमा टेक अवेजस्ता कार्यहरु खुला गरेको हो ।

पीसीआर रिपोर्ट अनुसार नेगेटिभ भएको आधारमा अत्यावश्यक उपभोग्य वस्तुको होम डेलिभरी गर्न पाउने, होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिहरूको अभिलेख राख्ने र अनलाईन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिने छ । यसैगरी कामदार र कर्मचारीहरूलाई आयोजनास्थलमै क्वारेन्टिनमा रहने गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सम्बन्धी निर्माणका कार्यहरु सञ्चालन गर्न पहिने भएको छ ।

यस्तै अत्यावश्यक कामका लागि काठमाडौं भित्र्नु पर्ने व्यक्तिहरुले अनिवार्य रुपमा पीसीआर नेगेटिभ भएको रिपोर्ट कार्ड बोकेर आउनु पर्ने भएको छ ।

सञ्चालन गर्न पाउने सेवाहरुः

१. अत्यावश्यक वस्तु वा सेवा मध्ये औषधिी, पानी मात्र विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसलरव्यवसाय जुनसुकै समयमा पनि निर्वाध रुपमा सञ्चालन सकिने ।

२. अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछार मासु विक्री वितरण गर्ने पसलहरु विहान ११ः०० बजेसम्म खोल्न सकिने ।
३. उपत्यका भित्र विकास निर्माण सँग सम्बन्धित पसलरव्यवसाय साथै सोको ढ्वानिका लागी प्रयोग हुने सवारी साधन दिउँसो २ः०० बजेदेखी बेलुका ९ः०० बजे सम्म सञ्चालन गर्न सकिनेछ तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नु पर्नेछ।
४. एऋच् नेगेटिभ भएका व्यक्तिहरूबाट मापदण्ड बमोजिम त्बपभबधबथ सेवा सञ्चालन गर्न र सरकारले तोकेको मापदण्ड अनिवार्य रुपमा पालना गरी अनलाइन सेवा सञ्चालन गर्न ।
५. अत्यावश्यक उपभोग्य वस्तुको होम डेलिभरी सेवाको हकमा डेलिभरी गर्ने व्यक्तिको एऋच् नेगेटिभ हुनु पर्नेछ । होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिहरूको अभिलेख राख्ने र अनलाईन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिने छ । सो सेवाको मापदण्ड जारी भएपछि मात्र सेवा सञ्चालन गर्न पाईनेछ ।
६, कामदार र कर्मचारीहरूलाई आयोजनास्थलमै क्वारेन्टिनमा रहने गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सम्बन्धी निर्माणका कार्यहरु सञ्चालन गर्न ।
७. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाईन कक्षा सञ्चालन गर्न।
८. क्वारेन्टाइन रआइशोलेसनमा बस्नेहरुको लागि खाना खुवाउने क्याटरिङ्गरहोटल संचालन गर्न ।
९. एयरपोर्ट देखि क्वारेन्टाइन वा आइसोलेसन वा होटेल सम्म जाने यातायात सञ्चालन गर्न । १०. अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनु पर्नेछ।
११. स्वाब परिक्षण गर्ने व्यक्तिहरु रिपोर्ट नआउन्जेल सम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ । कन्ट्याक्ट ट्रेसिंगमा परेका व्यक्तिहरू समेत स्वाब परिक्षण गराउने व्यक्तिहरुको रिपोर्ट नआउन्जेल सम्म अनिवार्य रूपमा होम क्वारेन्टिनमा बस्नु पर्ने छ । होम क्वारेन्टिनमा बसे नबसेको निगरानी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले गर्नु पर्नेछ । यस व्यवस्थाको उल्लंघन हुनेगरी जथाभावी हिडडुल गर्नेहरू उपर संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुनेछ ।
१२ अत्यावश्यक सेवा सँग सम्बन्धित उद्योग, का कारखाना सञ्चालन गर्न सकिनेछ । उद्योग कलकारखानामा काम गर्ने कर्मचारीरकामदारहरू खानरबस्नको लागि परिसर भित्र सम्बन्धित उद्योग कलकारखानाले नै छुट्टै क्वारेन्टिनको व्यवस्था गर्नु पर्नेछ । उद्योग का कारखाना सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गर्नुरगराउनु पर्नेछ । यसको व्यवस्थापन अनिवार्य रुपमा सम्बन्धित उद्योगले नै गर्नु पर्नेछ । सो को अनुगमन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरी प्रतिवेदन गृह मन्त्रालय मार्फत सीसीएमसीमा मा पठाउनु पर्नेछ ।
१३. बैंकिंग सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युत माध्यमबाट सेवाप्रबाह गर्ने व्यवस्था मिलाउनुपर्नेछ । सो सम्भव नभएमा नेपाल राष्ट्र बैंकले तोकेको वा कर्मचारी संख्याको १र३ संख्यामा नबढाई सेवा प्रवाह गर्न सकिनेछ । साथै एटीएम सेवा सञ्चालन गर्दा सम्बन्धित बैंकले नियमित रुपमा डिसइन्फेक्ट गर्नु पर्नेछ । सो को अनुगमन नेपाल राष्ट्र बैंकले गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्