Logo

काठमाडौंमा भदौं २४ सम्मलाई थपियो निषेधाज्ञा : मालसामान ढुवानी खुला, ११ बजेसम्म पसल खोल्न पाईने

काठमाडौंमा भदौं २४ सम्मलाई थपियो निषेधाज्ञा : मालसामान ढुवानी खुला, ११ बजेसम्म पसल खोल्न पाईने



काठमाडौं । काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, लतिलपुर, भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँग छलफल पश्चात जारी लकडाउनलाई एक हप्ता थप गर्ने निर्णय गरेका हुन् ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण निरन्तर बढेसँगै तीनै जना प्रमुख जिल्ला अधिकारीले हाल जारी निषेधाज्ञालाई भदौं २४ गतेसम्म थप गर्ने निर्णय गरेका हुन् । उपत्यकामा ३ भदौदेखि लागू निषेधाज्ञा लागु हुँदै आएको छ ।

यसगरी भदौं १० गते एक हप्ताका लागि थप गरेको निषेधाज्ञा आज राती १२ बजेबाट सकिँदैछ ।
तर, भदौं १७ गतेदेखि लागू हुने निषेधाज्ञालाई भने यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको भक्तपुर जिल्ला प्रशासन कार्यालयमा प्रवक्ता दुर्गादत्त ढकालले जानकारी दिए । यस अघि अत्यावश्यीक सामान मात्र ढुवानी गर्न दिइएकोमा अबका दिनमा भन्सार नाकाबाट छुटेका सम्पूर्ण सामग्री गन्तव्य स्थलसम्म पुर्याउने दिईने भएको छ । यस अघि अत्यावश्यकीय सामानमा नपरेको भन्दै भन्सार नाकाबाट छुटेका सामानहरु विभिन्न नाकाका अड्किएर बसेका थिए ।

यसैगरी तीन जिल्लाका सीडीयोहरुले पसल खोल्ने समयलाई एक प्रमुख जिल्ला अधिकारीहरुले खाद्यान्न लगायतका अत्यावश्यकी सामान खरिदका लागि विहान ११ बजेसम्म खुला गर्ने निर्णय गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । यसअघि बिहान ९ बजेसम्म मात्र खुला थियो ।

यसैगरी छलफलको क्रममा होटल तथा रेष्टुराँलाई पनि टेक अवे गर्नका लागि खुला गरिने विषय उठेको उनले जानकारी दिए । यस अघि टेक अवेलाई पनि बन्द गरिएकोमा अबका दिनमा त्यसलाई खुला राख्ने गरिने भएको छ ।

बैंठकले अत्यावश्यकी निर्माणलाई पनि खुला गर्ने भएको छ । मजदुहरु निर्माण क्षेत्रमै बसेर काम गर्ने सर्तमा खुला गर्न लागिएको हो । त्यस्ता निर्माण कार्यका लागि आवश्यक सिमेन्ट, रडलगायतका कच्चा पदार्थका लागि पशल नखोलिने तर गोदामबाटै लैजाने व्यवस्था गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्