Logo

११२० जनामा संक्रमण पुष्टि हुँदा १११२ जना संक्रमण मुक्त, काठमाडौं उपत्यकामा थपिए ३५० संक्रमित

११२० जनामा संक्रमण पुष्टि हुँदा १११२ जना संक्रमण मुक्त, काठमाडौं उपत्यकामा थपिए ३५० संक्रमित



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३ सय २० महिला र ८ सय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २ सय ९० जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा ३ सय ८८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३ सय ५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL