Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९७ हजार २ सयमा कारोबार हुँदैं

सुनको मूल्य घट्यो, प्रतितोला ९७ हजार २ सयमा कारोबार हुँदैं



काठमाडौँ । नेपाली बजारमा बुधबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु १२ सयले घटेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार सुन तोलाको ९८ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ३० रुपियाँले घटेर १ हजार ३६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL