Logo

निषेधाज्ञाकैबीच बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १०७ रुपैयाँ पुग्यो

निषेधाज्ञाकैबीच बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १०७ रुपैयाँ पुग्यो



काटमाडौं । सरकारले पेट्रोलको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले मंगलबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो ।

स्वचालित मूल्य प्रणाली अनुरुप पछिल्लो पटक ईण्डियन आयल कारपोरेशनबाट प्राप्त मूल्य अनुसार नेपालमा पनि पेट्रोलको मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ ।

मूल्य वृद्धिसँगै अबका दिनमा प्रतिलिटर पेट्रोललको मूल्य १०७ रुपैयाँ पर्ने भएको छ । तर निगमले डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजन भए पश्चात् पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रति लिटर ३६ रुपैयाँ ७५ ले नेपालतर्फ सस्तो रहेको रहेको समेत निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL