Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १ हजार ६९ संक्रमित, काठमाडौंमा ४८१ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १ हजार ६९ संक्रमित, काठमाडौंमा ४८१ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर कोरोनाका १ हजार ६९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यीसहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ छ। त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL