Logo

अन्तशुल्कमा दर्ता भएका करदाताले आफ्नो ब्राण्ड पनि अनिवार्य दर्ता गर्नुपर्ने, यस्तो छ प्रक्रिया

अन्तशुल्कमा दर्ता भएका करदाताले आफ्नो ब्राण्ड पनि अनिवार्य दर्ता गर्नुपर्ने, यस्तो छ प्रक्रिया



काठमाडौं । अबदेखि अन्तःशुल्कमा दर्ता भएका करदाताहरुले आफ्नो ब्रान्ड पनि अनिवार्य रुपमा कर कार्यालयमा दर्ता गराउनुपर्ने भएको छ। आन्तरिक राजस्व विभागले करदाताले कर कार्यालयमा मासिक विवरण बुझाउनुअघि अनिवार्य रूपमा आफ्नो उत्पादनको ब्राण्ड दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

सूर्तिजन्य तथा मदिराजन्य वस्तुको उत्पादन गर्नेहरुले यसरी दर्ता गर्नका लागि विभागको वेबसाइटमा गई ट्याक्सपेयर पोर्टलमा गएर ब्रान्ड दर्ता गरेपछि कर कार्यालयमा गएर भेरिफाइ गर्नुपर्ने विभागले उल्लेख गरेको छ ।

यी बाहेकका उत्पादकहरुले भने अन्तशुल्क विवरण भर्नेबेला ब्रान्ड उल्लेख गर्ने र कर कार्यालयबाट भेरिभाइ गराउनुपर्नेछ। अन्तःशुल्क विवरण बुझाउनुअघि उत्पादनको ब्राण्ड दर्ता गर्नुपर्ने विभागको सूचनामा उल्लेख छ ।

अन्तशुल्कमा दर्ता भएका करदाताले आफ्ना ब्राण्ड पनि अनिवार्य दर्ता गर्नुपर्ने, यस्तो छ प्रक्रिया

प्रतिक्रिया दिनुहोस्
MBL