Logo

आज ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ नेपाली बजारमा आजको भाउ

आज ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ नेपाली बजारमा आजको भाउ



काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ आज तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको जनाएको छ ।

हिजो तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९७ हजार ७ सय रूपियाँमा कारोकार भएको थियो । आज तेजावी सुनको मूल्य ९७ हजार ९ सयमा कारोकार भइरहेको छ ।

हिजो चाँदीको मुल्य १ हजार ३ सय ६५ मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय ९५ रूपियाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL