काठमाडौं । आईतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी असोज १ गतेदेखि लामो दुरीका अर्थात अन्तरजिल्ला सार्वजनिक सवारीसाधनहरु संचालन गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषदको बैठकका निर्णयहरु सुनाउँदा सरकारका प्रवक्ता एवं अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले उक्त कुराको जानकारी गराए ।
यस्तै उनले आन्तरिक हवाइ उडान, अन्तरजिल्ला सवारी साधन आगामी असोज १ गतेदेखि संचालन गर्ने गरी निर्णय भएको बताएका छन ।
उनका अनुसार यसअघि विदेशबाट दैनिक ५ सयको हाराहारीमा नेपाली ल्याउने निर्णय भएकोमा त्यसलाई सच्याएर दैनिक ८ सयको संख्याबाट नबढ्ने गरी नेपाली ल्याउने निर्णयसमेत भएको छ ।
यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु :



