Logo

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । महानगर स्रोतका अनुसार २ दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन ।

मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL