Logo

दराज र भिसाबीच साझेदारी, भिसा कार्ड प्रि-पेडमा छुट

दराज र भिसाबीच साझेदारी, भिसा कार्ड प्रि-पेडमा छुट



काठमाडौं । भिसा कार्ड प्रि–पेडमा दराज र भिसाबीच साझेदारी भएको छ। सम्झौताअनुसार दराज र भिसाले आफ्नो ग्राहकहरुलाई असोज १४ सम्म भिसा कार्ड प्रीपेन्टमा १ सय ५५ छुट दिने भएका हुन्।

दराजमा ५ हजार भन्दा बढी विक्रेताहरू र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किरानादेखि फेसनसम्मका ४५ हजार भन्दा बढी उत्पादनहरू रहेका छन्। ग्राहकहरुले यी मध्ये कुनै पनि छनौट गरी दराजमा बचत गरेको भिसा कार्डमार्फत पूर्वभुक्तानी गरे ५ सय सम्मको अधिकतम छुट पाउँने बताइएको छ।

यो अफर एकपटक मात्र प्रयोग गर्न सकिन्छ। नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रीपेड कार्डहरुमा लागू हुने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
MBL