Logo

ईन्द्रजात्रामा सानिमा बैंकको क्यूआर कोड यात्राको सौगात, ५०० बराबरको मोबाइल टपअप उपहार

ईन्द्रजात्रामा सानिमा बैंकको क्यूआर कोड यात्राको सौगात, ५०० बराबरको मोबाइल टपअप उपहार



काठमाडौँ । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको छ “ईन्द्रजात्रा क्युआर कोडको यात्रा” योजना ।

यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्टयाकलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोडको लागि आवेदन दिँदा रु. ५०० बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्न सक्नुहुनेछ । 

यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्नुहुनेछ जसका लागि https://login.fonepay.com/#/signup मा गई आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन सक्नुहुनेछ ।

यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि [email protected] मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्युआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ । यसरी सहभागी हुनुभएका क्युआर मर्चेन्टले बैंकको तर्फबाट रु. ५०० को मोबाइल टपअप प्राप्त गर्नुहुनेछ ।

यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL