Logo

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनको मूल्यमा ३ सय रुपैयाँले वृद्धि भएको छ । पछिल्लो समय उत्तारचढाव भईरहेको सुनको मूल्य सोमबार प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य सोमबार बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले उकालो लागेको छ । आईतबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य सोमबार बढ्दै प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL