Logo

दोश्रो आन्ट्रप्रिनुअरसीप बुट क्याम्प सम्पन्न,प्रथम समुहलाई रु.६० हजार

दोश्रो आन्ट्रप्रिनुअरसीप बुट क्याम्प सम्पन्न,प्रथम समुहलाई रु.६० हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
७ असोज,काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले अमेरिकी दुतावाससँगको सहकार्यमा आयोजना गरेको दोश्रो आन्ट्रप्रिनुअरसीप बुट क्याम्प सम्पन्न भएको छ । काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा आयोजित बुट क्याम्प बुधवार सम्पन्न भएको हो । सो क्याम्प ३ दिनसम्म चलेको थियो ।

युवाहरुलाई नयाँ व्यवसायको सृजना गर्न तथा संलग्न गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । बुट क्याम्पमा १ सय ४० मध्ये छानिएका २९ युवाहरुले भाग लिएका थिए । अधिकांश सहभागीहरु उपत्यका बाहिरका भएको बताइएको छ ।

बुटक्यम्पले उद्यममा नयाँपन ल्याउन चाहने तथा नयाँ प्रकारको व्यवसायमा संलग्न व्यवसायीलाई लक्षित गरेको थियो । ३ दिनमा सहभागीहरुले व्यवसाय सम्वन्धि ज्ञान लिनुका साथै सहभागी समुहलाई आफ्नो इआडिया वेस व्यवसाय गर्नमा प्रोत्साहित गरिएको थियो ।सो अवसरमा सहभागीहरुले समुहबनाइ नयाँ उद्यम सम्वन्धि आइडिया प्रस्तुत गरेका थिए । त्यसमध्ये उत्कृष्ट तीन विचार छनौट गरिएको  थियो ।

त्यसमध्ये सिपालु सिस्टर्सको टिम प्रथम भएका थिए । उनीहरुले महिलाले चलाउने दुईपंग्रे रिपेयर वर्कसपको आइडिया दिएका थिए । सो समुहमा सम्झना फयाल र सिन्धु पनिकर रहेका थिए ।

त्यस्तै दोश्रो हुने शुस्वागतम समुहमा राजमार्गमा शौचलय बनाउने आइडिया दिएर सविना मर्हजन, भुवन परियार र बालकृष्ण पाण्डे द्धितिय भएका थिए । त्यसैगरी केयर एज होम समुहका सुधिरराज खड्का,डा. प्रकाश पौडेल र डा. रोशनी श्रेष्ठले जेष्ट नागरिकका लागि स्याहार गृह बनाउने आइडिया प्रस्तुत गरेका थिए । उनीहरु तृतिय भएका छन् ।  त्यसमध्ये प्रथम विजेताले ६० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्