Logo

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला ९७ हजार २ सयमा कारोबार हुँदैं

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला ९७ हजार २ सयमा कारोबार हुँदैं



काठमाडौँ । आइतबार सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ३ सयले बढेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस अघि शुक्रबार सुन तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार ३४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL