Logo

आइएमई जनरल ईन्स्योरेन्सका कर्मचारीलाई भर्चुअल तालिम

आइएमई जनरल ईन्स्योरेन्सका कर्मचारीलाई भर्चुअल तालिम



काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई भर्चुअल ट्रेनिङ प्रदान गरेको छ । कम्पनीले विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभड(१९) को असर र काठमाण्डौं उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामा पनि आफ्ना अभिकर्तालाई तालिम दिएको हो ।

कम्पनीले भदौ १० गते देखि १२ गतेसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेको हो । कम्पनीका विभागीय प्रमुखहरु देखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण प्रदान गराएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

उक्त प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL