Logo

पूर्वपश्चिम विद्युतीय रेलमार्गको ठेक्का प्रक्रिया स्थगित, यस्तो छ कारण

पूर्वपश्चिम विद्युतीय रेलमार्गको ठेक्का प्रक्रिया स्थगित, यस्तो छ कारण



काठमाडौं । पूर्वपश्चिम विद्युतीय रेलमार्ग ठेक्काका प्रक्रिया स्थगित भएको छ । वेबसाइटमा आएको समस्याको कारण ठेक्काका प्रक्रिया स्थगित भएसगँगै राष्ट्रिय गौरवको आयोजना पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत इनरुवा–काकडभिट्टा खण्डको १ सय ५० किलोमिटर ठेक्का पछि सर्ने भएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै साउन २४ देखि २८ गतेसम्म बोलपत्र (आशयपत्र) सिलबन्दी दरभाउपत्र खोल्नका लागि हेर्न खोज्दा डाउनलोड नभएकाले खरिद प्रक्रिया स्थिगित गर्नुपर्ने जनाएको छ।

रेल विभागले साउन २६ र २७ गरे रेलमार्गको ठेक्का खुलाएको थिए। जसमा १ सय ५० ओटा निर्माण कम्पनी सहभागी भएका थिए। टेन्डर भएको वेबसाइट ह्याक भएर वा अन्य केही कारणले डेटा हराएको हुनसक्ने आशंका गरिएको छ।

पछिल्लो समय अनलाइन टेन्डर गर्ने गरिएको छ। यस्तोमा डेटा नै हराउने समस्या आएपछि ठूलो प्रश्न उब्जिएको छ। यद्यपि यसबारेमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस्
MBL