Logo

काठमाडौंका यी स्थानमा आज दिउँसो ३ बजेसम्म विद्युत नआउने, यस्तो छ कारण

काठमाडौंका यी स्थानमा आज दिउँसो ३ बजेसम्म विद्युत नआउने, यस्तो छ कारण



काठमाडौं । काठमाडौंको कालिकास्थान तथा त्यस आसपासका क्षेत्रमा आज विद्युत कटौती भएको छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौंले आज बिहान ७ बजेदेखि लाइन मर्मत गर्नुपर्ने भएकाले दिउँसो ३ बजेसम्म ती क्षेत्रको विद्युत कटौती गरिएको जनाएको छ ।

रत्नपार्क वितरण केन्द्रको कालिकास्थानदेखि विजय मेमोरियल स्कूलसम्मको ११ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले कालिकास्थान आसपासका सबै क्षेत्रमा कटौती भएको विद्युत दिउँसो ३ बजे आउने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार उक्त फिडरको मर्मतसम्भार छिटै सकिए ३ बजे अगावै पनि विद्युत आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL