Logo

शुक्रबार कोरोनाका ९२७ संक्रमित थपिए, उपत्यकामा मात्रै ४१५ जनामा संक्रमण पुष्टि

शुक्रबार कोरोनाका ९२७ संक्रमित थपिए, उपत्यकामा मात्रै ४१५ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय २९ वटा स्वाब परीक्षण हुँदा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ जनामा कोरोना संक्रमण देखिएके छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १ सय ६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २ सय ४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL