काठमाडौं । लगातार ओरालो लागिरहेको सुनको मूल्यले शुक्रबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा ७ सय रुपैयाँको गिरावट आएको छ । बिहीबार ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन शुक्रबार घटेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
विश्वबजारमा सुनको मूल्य ओरालो लाग्दा नेपालमा पनि यसको असर परेपछि सुनको मूल्यमा गिरावट आएको महासंघको भनाई छ । यस्तै आज चाँदीको मूल्यमा पनि ५ रुपैयाँको गिरावट आएको छ । बिहीबार प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य शुक्रबार घटेर प्रतितोला १ हजा ३ सय ४० रुपैयाँ पुगेको हो ।