काठमाडौं । पछिल्ला मन्त्रिपरिषद बैठकले विभिन्न २२ निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले २२ निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्ले वन मन्त्रालयमा ४५ जना अधिकृतस्तरको दरबन्दी खुला गर्ने निर्णय गरेको डा. खतिवडाले जानकारी दिए ।
यस्तै बैठकले सहन्यायाधिवक्ता पदमा ज्ञानप्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय समेत गरेको छ ।यसैगरी सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ भने १२ महासेनानीको सरुवा पनि गरिएको छ ।
बैठकले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र जारी गर्ने कार्य पुनः सुचारु गर्ने निर्णय पनि गरेको खतिवडाले जानकारी दिए ।
यस्ता छन् बैठकका सबै निर्णयहरु :

