Logo

एकैदिन ११ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा थपिए ३७७ संक्रमित

एकैदिन ११ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा थपिए ३७७ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ६ सय २९ नमुना परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र ३ सय ७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । उनीहरुमध्ये १ सय ८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५ सय ६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ सय ७७ संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ सय ७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL