Logo

चितवनको पुरानो मेडिकल कलेज र रोटरी क्लबबीच छुटसम्बन्धी सम्झौता, मेगा हेल्थ क्याम्प आयोजना हुने

चितवनको पुरानो मेडिकल कलेज र रोटरी क्लबबीच छुटसम्बन्धी सम्झौता, मेगा हेल्थ क्याम्प आयोजना हुने



काठमाडौं । पुरानो मेडिकल कलेज चितवन र रोटरी क्लब अफ चितवनबीच एक स्मरण पत्रमा हस्ताक्षर भएको छ । यसअनुसार रोटा वर्ष २०र२१ मा मेडिकल कलेज र क्लबको संयुक्त आयोजनामा वर्षमा तीन वटा डेण्टल क्याम्प हुनेछ भने कम्तीमा पनि एउटा मेगा हेल्थ क्याम्प आयोजना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ ।

साथै उक्त क्याम्पबाट आएकालाई कलेजले अधिकमा ५५ प्रतिशत न्यूनतम १५ प्रतिशतसम्म छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको छ। यस वर्ष उक्त सम्झौताले आर्थिक विपन्न समूहलाई टेवा पुग्ने रोटरी क्लब अफ चितवनका दन्त तथा मुख स्वास्थ्य समिति प्रमुख रो राजन पियाले जानकारी दिए । निजी क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब रोटरी क्लबद्वारा आयोजित क्याम्पमा आउने सबैले अस्पताल तर्फका सेवामा छुट पाउने छन् ।

पत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधान र प्रमुख सञ्चालन अधिकृत डा सुप्रभात श्रेष्ठ र रोटरी क्लब अफ चितवनका तर्फबाट अध्यक्ष रो। रोशन पिया तथा दन्त तथा मुख स्वास्थ्य विभाग प्रमुख राजन पियाले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा पूर्वअध्यक्ष चन्द्रमनि श्रेष्ठ, सरद गोपाल न्यान्छ्योँ, रो। उत्तमलाल चुके, रो। मनोज बर्नवला, रोट्रयाक तर्फबाट अध्यक्ष रोशन खरेल, उपाध्यक्ष रो। प्रभास रोय, सदस्य डा विकास साहलगायतकाको उपस्थिति रहेको थियो । रोटरी क्लब चितवनमा एक कार्यक्रमकाबीच उक्त पत्र सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष रोशन पियाले गत वर्ष जस्तै यस वर्ष पनि धेरै समुदायले पुरानो मेडिकल कलेजबाट सहुलियतपूर्ण उपचार सेवा लिने विश्वास व्यक्त गरे । देशकै ठूलो आई सी यू तथा सुपर स्पेसियलिटी सेवा उपलब्ध यस अस्पतालमा पहिलादेखि नै स्वास्थ बीमा, कडा रोग, डायलाइसिस सेवा, निःशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु रहेको छ ।

क्याम्पबाट रिफरेन्स वार्ड लिएर आउनेहरूलाई अस्पतालबाट सहुलियतसहितको गुणस्तरीय सेवा दिइने अस्पतालका निर्देशक डा मनोहर प्रधानले बताए । सेवाग्राहीलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै सम्पर्क व्यक्ति व्यवस्था गरिने र निःशुल्क स्वास्थ्य शिविरले राम्रो टेवा पुर्याउने अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL