Logo

लगातार घटेको सुनको भाउ आज ८ रुपैयाँले बढ्यो, यस्तो छ नेपाली बजारमा आजको भाउ

लगातार घटेको सुनको भाउ आज ८ रुपैयाँले बढ्यो, यस्तो छ नेपाली बजारमा आजको भाउ



काठमाडौं । केही दिनयता लगातार घटेको सुनको मूल्य आज बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुन ८ सय रुपैयाँले बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

छापावाल सुन ८ सयले महँगिदा तेजाबी सुन पनि आठै सयले बढेर तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय र छापावाल सुनको ९६ हजार ३ सय थियो ।

एक सातादेखि सुन निरन्तर घटेको थियो । सुनको मूल्य बढ्दा आज चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL