Logo

बील नभएका सामग्रीसहित दुई भारतीय पक्राउ, ११२ थान मोबाईल बरामद

बील नभएका सामग्रीसहित दुई भारतीय पक्राउ, ११२ थान मोबाईल बरामद



काठमाडौं काठमाडौं महानगरपालिका १४ सोल्टीमोडबाट बील नभएका विभिन्न समानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौँ ओमवहाल बस्ने ३६ वर्षीय राकेशकुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

उनीहरुको साथबाट १ सय १२ थान मोबाइल, ३ सय २० पिस विभिन्न मोवाइल डिसप्ले, ५ सय ९३ थान विभिन्न व्राण्डको ब्याट्री, १९ हजार ५ सय थान घडीको ब्याट्री, छ हजार थान क्यालकुलेटर र पाँच थान मोवाइल डिसप्ले बोर्ड बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त घटनाको विषयमा प्रहरीले अनुस्न्धान गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL