Logo

बुधबार थपिए कोरोनाका ८८५ संक्रमित, काठमाडौंमा ३०१ जनामा संक्रमण पुष्टि

बुधबार थपिए कोरोनाका ८८५ संक्रमित, काठमाडौंमा ३०१ जनामा संक्रमण पुष्टि



काठमाडौं । बुधबार मात्रै नेपालमा ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

यस्तै आज कोरोना भाइरस संक्रमण निको भएर ३ सय ८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार ५ सय ४ जना घर फर्किएका छन् । हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ११ जना रहेका छन् । बुधबार काठमाडौं उपत्यकामा मात्रै ३ सय १ जनामा कोरोना भाइरस कोरोनाको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २ सय ३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL