Logo

सुन आज प्रतितोला ९६ हजार ८ सयमा कारोबार हुँदैं, मूल्य ओरालो लाग्ने क्रम जारी

सुन आज प्रतितोला ९६ हजार ८ सयमा कारोबार हुँदैं, मूल्य ओरालो लाग्ने क्रम जारी



काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको । केही दिनयता निरन्तर ओरालो बाटो समातेको सुन आज प्रतितोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९६ हजार ३०० सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदीको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला १३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैंयाँ रहेको थियो । मंगलबार पनि ९७ हजार २०० मा सुनको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL