Logo

काठमाडौं उपत्यकामा भदौं १७ गतेसम्म निषेधाज्ञा, गृह मन्त्रालयमा गरियो सिफारिस

काठमाडौं उपत्यकामा भदौं १७ गतेसम्म निषेधाज्ञा, गृह मन्त्रालयमा गरियो सिफारिस



काठमाडौं । काठमाडौं उपत्यकामा भदौं १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ । काठमाडौं उपत्यकामा तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको संयुक्त हाल जारी निषेधाज्ञालाई थप ७ दिन थप्ने निर्णय गरेको हो । यस अघि जारी भएको निषेधाज्ञा भदौ १० गतेसम्मको लागि जारी छ ।

आज बसेको संयुक्त बैंठकले जारी निषेधाज्ञालाई थप ७ हप्ता थप्ने निर्णय गर्दै गृह मन्त्रालमा सिफारिस गरेको हो । उक्त सिफारिसलाई गृह मन्त्रालयले स्वीकृत गरेसँगै जारी निषेधाज्ञा भदौं १७ गतेसम्मका लागि लम्बिने छ ।

देशभर कोरोना संक्रमण बढ्दै गएसँगै संयीय सरकारले निषेधाज्ञा लगाउने अधिकारी स्थानी सरकारलाई नै दिएको छ । सोही अनरुप उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्