Logo

काठमाडौं उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १६४ पुग्यो

काठमाडौं उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १६४ पुग्यो



काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सक्रमण आज ८५५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा ११ हजार ३२७ परीक्षण गरिएकोमा ८५५ जनामा सङ्क्रमण देखिएको बताए ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ जना पुगेको छ । यसैगरी आज ३१३ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । अहिलेसम्म १९ हजार ११९ जना सङ्क्रमण जितेर घर फर्किसकेको उनले जानकारी दिए । निको हुने दर ५७ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २३२ जनामा सङ्क्रमण भएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार काठमाडौमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना नयाँ सङ्क्रमित भेटिएका हुन् ।

यस्तै दुई जिल्ला मुस्ताङ र हुम्ला सङ्क्रमण मुक्त भएका छन् । यस्तै सक्रिय सङक्रमित १४ हजार २५० रहेका छन् भने १० हजार ४५३ क्वारेन्टिनमा रहेका छन् । नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट थप ७ को मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

मृत्यु हुनेमा एक महिला र ६ पुरुष रहेका छन् । मृत्यु हुनेमा काठमाडौँका ३ जना रहेका छन् भने सिरहा, पर्सा, धनुषा र रुपन्देहीको एक एक जना रहेको कोरोना बारेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्