Logo

निको भएको ४ महिनापछि फेरि कोरोना संक्रमण्, दोस्रोपटक कोरोना संक्रमणको विश्वमै पहिलो केस

निको भएको ४ महिनापछि फेरि कोरोना संक्रमण्, दोस्रोपटक कोरोना संक्रमणको विश्वमै पहिलो केस



काठमाडौं। कोरोनाभाइरसबाट संक्रमित भएर निको भएको ४ महिनापछि फेरि संक्रमित भएको विश्वमै पहिलो केस भेटिएको छ । हङकङका वैज्ञानिकहरुले ३० वर्ष उमेर समूहका एक व्यक्ति पहिलो संक्रमणको साढे ४ महिनापछि पुनः संक्रमित भएको पाइएको बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार जीनोम सिक्वेन्सिङले ४ महिनाअघि संक्रमित गर्ने कोरोनाभाइरस र अहिले संक्रमित गर्ने भाइरस पूरै फरक स्ट्रेनको भएको देखिएकोले यो दोस्रोपटक संक्रमणको पहिलो केसको रुपमा प्रमाणित भएको बीबीसीको समाचारमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले भने एक जनाको मात्र केसका आधारमा कुनै निष्कर्षमा पुग्नु उचित नहुने भन्दै चेतावनी दिएको छ । विशेषज्ञहरुले दोस्रो पटकको संक्रमण दुर्लभ हुने र निकै गम्भीर नहुने बताएका छन् ।

अहिलेसम्म विश्वभरी कोरोनाभाइरस संक्रमणका २ करोड ३० लाखभन्दा बढी केसहरु भेटिइसकेका छन् । संक्रमित भएकाहरुको शरीरमा भाइरस प्रतिरोधी क्षमता विकास हुने अहिलेसम्मको अनुसन्धानमा पाइएको छ तर त्यो प्रतिरोधी क्षमता कत्तिको बलियो हुन्छ र कति लामो समयसम्म रहन्छ भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL