Logo

प्रतितोला ७ सय रुपैयाँले घट्यो आज सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ७ सय रुपैयाँले घट्यो आज सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

संघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने आज स्थिर रहेर प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL