Logo

उपत्यकामा निषेधाज्ञा बढाउन ३ जिल्लाका सिडिओको बैठक बस्दैं, उपत्यका मेयर फोरमद्धारा भदौ १५ सम्म निषेधाज्ञा थप्न सिफारिस

उपत्यकामा निषेधाज्ञा बढाउन ३ जिल्लाका सिडिओको बैठक बस्दैं, उपत्यका मेयर फोरमद्धारा भदौ १५ सम्म निषेधाज्ञा थप्न सिफारिस



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा कति दिन बढाउने भन्नेबारे आज निर्णय हुने भएको छ । सो सम्बन्धमा निर्णय गर्न आज दिउँसो तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक बस्दै छ ।

सोमबार निषेधाज्ञाको स्थितिलाई भदौ १५ गतेसम्म कायम गर्न उपत्यका नगरपालिका मेयर फोरमको बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय गरेको थियो ।

उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौं १५ गतेसम्म निरन्तरता दिने र निषेधाज्ञा भदौ १५ गतेसम्म कायम गर्न जिल्ला प्रशासनकार्यालयलाई सुझाव दिने निर्णय गरेको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अपरान्ह ३ बजे बस्ने बैठकमा तीनवटै जिल्लाका सिडियो र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिती रहने भएको छ। स्रोतका अनुसार कोरोना संक्रमणको स्थिति उस्तै रहेकाले निषेधाज्ञा लम्ब्याउने सम्भावना छ। निषेधाज्ञा १५ गते सम्म लब्याउने भएको छ ।

गत भदौ ३ गते मध्यरातदेखि एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको थियो। अहिले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्नसमेत निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL