Logo

संघीय र प्रदेश मन्त्रिपरिषद पुनर्गठन गर्न नेकपा कार्यदलको सुझाव, राष्ट्र हितमा एमसीसी अनुमोदन गर्ने

संघीय र प्रदेश मन्त्रिपरिषद पुनर्गठन गर्न नेकपा कार्यदलको सुझाव, राष्ट्र हितमा एमसीसी अनुमोदन गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समस्या समाधान सुझाव कार्यदलले केन्द्रिय र प्रादेशिक मन्त्रिपरिषद पुनर्गठन गर्न सुझाव दिएको छ । नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले १८ पेज लामो प्रतिवेदन बुझाउँदै सचिवालय सदस्यहरुको सुझाव, दुई अध्यक्षबीचको परामर्श र संबैधानिक व्यवस्था, कानुनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषद्को पुर्नगठन गर्न सुझाव दिएको छ ।

यसैगरी अबका दिनमा राजनीति नियुक्ति पनि सोही अनुरुप सबैको सल्लाह र सुझावमा गर्नुपर्ने कार्यदलले सुझाव दिएको छ ।

यसैगरी कार्यदलले विवादित मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई पनि पारित गर्न सुझाव दिएको छ । मिलिनियम च्यालञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदन उपर स्थानी समिति र सचिवालयमा छलफल गरी उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोनद गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL