Logo

पछिल्लो २४ घण्टामा थपिए ७४३ कोरोना संक्रमित, मृतकको संख्या १५७ पुग्यो

पछिल्लो २४ घण्टामा थपिए ७४३ कोरोना संक्रमित, मृतकको संख्या १५७ पुग्यो



काठमाडौं । सोमबार देशभर कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टाामा सो संख्याका संक्रमित थपिएपछि कुल संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ। त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ।

यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ। विगत २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL