Logo

लकडाउनमा बन्द उद्योगधन्दालाई बीमा शुल्कमा छुट दिन समितिको निर्देशन

लकडाउनमा बन्द उद्योगधन्दालाई बीमा शुल्कमा छुट दिन समितिको निर्देशन



काठमाडौं । लकडाउनको अवधिमा बन्द भएका उद्योग व्यवसायलाई बीमा शुल्कमा छुट दिन बीमा समितिले निर्देशन जारी गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै समितिले बन्द अवस्थामा रहेका उद्योगको बीमा शुल्कमा छुट दिन सबै निर्जिवन बीमा कम्पनीहरुलाई आज निर्देशन जारी गरेको हो ।
समितिले सम्पत्ति बीमा निर्देशिकाको अनुसूचि ११ को १ सय ६९ बुँदामा बन्द रहेका उद्योगलाई दिने छुट सुविधा प्रतिहजार ३ रुपैयाँ रहेकोमा अब हाल कायम बीमाको एक तिहाई गर्ने निर्देशन जारी गरेको हो ।
यस्तै, लकडाउन अवधीको जोखिम समुहको बीमा दरमा ५० प्रतिशत छुट गर्ने बजेटमा व्यवस्था भए अनुसारको छुट व्यवस्था गर्न निर्देशन दिइएको छ ।

लकडाउनमा बन्द उद्योगधन्दालाई बीमा शुल्कमा छुट दिन समितिको निर्देशन

प्रतिक्रिया दिनुहोस्
MBL