Logo

काठमाडौं उपत्यकामा विहान सवा ९ बजेसम्म खाद्यान्न, तरकारी र फलफुल पसल खोल्न दिईने, यी सुरक्षा मापदण्ड अपनाउनुपर्ने

काठमाडौं उपत्यकामा विहान सवा ९ बजेसम्म खाद्यान्न, तरकारी र फलफुल पसल खोल्न दिईने, यी सुरक्षा मापदण्ड अपनाउनुपर्ने



काठमाडौं । यसअघि विहान ८ बजेसम्मका लागी खोल्न दिइने भनेको खाद्यन्न, तरकारी र फलफुल पसल अब विहानको ९ बजेसम्म खोल्न दिइने भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले उपत्यकामा विहान सवा ९ बजेसम्म खाद्यन्न, तरकारी र फलफुल पसल खोल्ने निर्णय भएको छ ।

अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दुध र दूधजन्य पदार्थ, फलफुल तरकारी, माछामासु आदिको विक्री वितरण हरेक दिन बिहान ९ ः १५ बजे सम्म गर्न सकिने स्पष्ट पारेको छ ।

औषधी पसलहरु दिनभर संचालन हुने बताइएको छ । यसअघि खाद्यन्न लगायतका पसलहरु विहान ८ बजेसम्मका लागी मात्रै खोल्न दिइएको थियो ।

जिल्ला प्रशासन कार्यालयले व्यवसाय संचालन गर्दा अनिवार्य रुपमा सामाजिक भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र सानीटाइजर प्रयोग गर्ने व्यवस्था मिलाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL