Logo

भारतको अवरोधसँगै उपत्यकामा पेट्रोलको हाहाकार, प्रायःजसो पम्प बन्द

भारतको अवरोधसँगै उपत्यकामा पेट्रोलको हाहाकार, प्रायःजसो पम्प बन्द


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ असोज, काठमाडौं । भारतले पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध गरेसँग काठमाडौं उपत्यकामा पेट्रोल तथा डिजेलको हाहाकार भएको छ । उपत्यकाका प्रायःजसो पेट्रोल पम्पहरु बन्द रहेका छन् ।

भारतले हिजो पेट्रोलिय पदार्थ बोकेर आएका ट्याङ्करलाई सीमा नाकामा रोकेर नेपाल प्रवेशमा रोक लगाएको थियो । त्यसै, पेट्रोलियम पदार्थको लोडिङमा समेत विभिन्न कारण देखाएर अवरोध गरेको थियो ।
पेट्रोल आयातमा भारतले अवरोध गरेको समाचार आउने वित्तिकै काठमाडौं उपत्यकामा मंगलवार देखि नै पेट्रोल भर्नेको भीड लागेको थियो । मंलगरबार रातीसम्म सवारीसाधनमा पेट्रोल तथा डिजेल भर्नेको लामो लाइन थियो ।

petrol

मंगलबार पेट्रोल पम्पमा अत्याधिक चापका कारण पेट्रोलियम पदार्थ सकिएकाले आज बन्द भएको हुनसक्ने नेपाल आयाल निगमका प्रवक्ता दिपक वरालले जानकारी दिए । ‘हिजो विभिन्न हल्लाले पेट्रोलियक पदार्थ भर्नेको चाप बढी भएकाले हामीले पठाएका तेल हिजै सकिएको हुनसक्छ,’ उनले भने, ‘पम्पहरु खाली भएकाले आज बन्द भएका हुन् ।’

राजधानीमा खुलेका नेपाल आर्मी, नेपाल प्रहरी तथा सशत्र प्रहरीका पम्पहरुमा पेट्रोल भर्नेको एकदमै लामो लाइन छ । भद्रकालीस्थित नेपाल आर्मीको पम्पमा पालो आउनकै लागि ३ घण्टभन्दा बढी समय लाइनमा बस्नुपर्ने वाध्यता छ ।

बरालका अनुसार आज केही वेरबाटै उपत्यकाका सवै पेट्रोल पम्पहरु खुल्नेछन् । निगमले पम्पहरुलाई अघिपछिका दिनमा भन्दा बढी पेट्रोल आपूर्ति गर्ने भएको छ । सामान्यतया दैनिक ३ सय किलोलिटर पेट्रोल दिने गरेकोमा आज ४ सय ५० किलोलिटर वितरण गरिएको समेत उनले जानकारी दिए । ‘निगमले हिजो नै ३ सय २६ किलोलिटर वितरण गरेको थियो,’ उनले भने, ‘आज त्यसको २५ प्रतिशत बढाएर वितरण गर्ने निर्णय गरेका छौं ।’ जसले गर्दा केही समयभित्रै सहज रुपमा पेट्रोल पाइने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL