Logo

आइतबार देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा थपिए १६६ जना

आइतबार देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा थपिए १६६ जना



काठमाडौं । आइतबार देशभर कोरोनाका ८ सय १८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको उनले जानकारी दिए। यीसहित हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन्।

विगत २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको छ। त्यस्तै विगत २४ घण्टामा थप ३ जनामा मृतकमा कोरोना पुष्टि भएको छ। हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकामा १ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्
MBL