Logo

अबको ७३ दिनपछि भारतमा कोरोना भ्याक्सिन उपलब्ध हुने, गरिब देशले प्रति डोज २५० भारतीय रुपैयाँमा किन्न पाउने

अबको ७३ दिनपछि भारतमा कोरोना भ्याक्सिन उपलब्ध हुने, गरिब देशले प्रति डोज २५० भारतीय रुपैयाँमा किन्न पाउने



एजेन्सी । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण दैनिक सैयौँ मानिसहरुले ज्यान गुमाएका छन् भने भारतलाई आर्थिक रुपमा पनि उत्तिकै झट्का लागिरहेको छ ।

पछिल्लो रिपोर्ट अनुसार भारतले अबको साढे दुई महिनामा भ्याक्सिन तयार पार्ने तयारी गरेको छ । सबै कुरा सही रहेमा अबको ७३ दिनमा भारतले भ्याक्सिनको घोषणा गर्ने बताइएको छ ।

यो भ्याक्सिनको नाम कोविशिल्ड हो, यसलाई पुणे स्थित कम्पनी सीरम संस्थानले बनाइरहेको छ । रिपोर्टका अनुसार राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत भारत सरकारले आफ्ना नागरिकहरूलाई निःशुल्क खोप प्रदान गर्नेछ।

यसको ट्रायल ५८ दिनमा पुरा गरिने मिडिया रिपोर्टमा उल्लेख छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा हर्ष वर्धनले यस वर्षको अन्त्यसम्ममा देशभरि घातक कोरोना भाइरस विरुद्ध खोप आउने जानकारी दिएका हुन्। उनका अनुसार यो वर्षको अन्तिम समम्मा कोरोना भ्याक्सिन आउने सम्भावना रहेको छ ।

कोरोना भ्याक्सिन निर्माणमा वैज्ञानिकहरुले सफलता पाएको र अबको दुई महिनाभित्र ट्रायल पुरा भएपछि कोरोना भ्याक्सिन आउने सम्भावना रहेको उनले बताएका छन् ।

भारत बायोटेकका सीएमडी कृष्ण अल्लाले हरेक महिना १० करोड डोजहरू बनाउने र सुरक्षा र प्रभावकारितालाई ध्यानमा राखी खोप बनाउने तर, सर्टकट नहेर्ने बताएका छन्। अर्कोतर्फ, सीरमले प्रत्येक महिना १ करोड डोजहरू बनाउन सुरु गरिरहेको छ जुन अप्रिल २०२१ सम्ममा प्रत्येक महिना १० करोडमा बढाइनेछ। यसका लागि कम्पनीले यसको खोप निर्माण क्षमता २०० करोड खर्च गरेर बढाएको छ।

भारतको सेरम संस्थान विश्वको सबैभन्दा ठूलो खोप निर्माता हो। यसले पोलियदेखि दादुरालगायतका खोपहरू सहित हरेक वर्ष १ अर्ब खोपहरू उत्पादन गर्दछ।

बिल र मिलिंडा गेट्स फाउन्डेशनले लगभग ११२५ करोड रूपैयाँमा सीरम कोषमा सहयोग गर्न सहमत भएको छ । यसबाट कम्पनीले कोविड खोपको करिब १० करोड डोज बनाएर गरीब देशहरूमा पठाउने छ ।

फाउन्डेसनको सहयोगले कम्पनीले खोपको एक डोजको मूल्य १००० रुपैयाँ भन्दा बढिबाट घटाएर करिब २५० भारतीय रुपैयाँको वरिपरि कायम गर्ने बताइएको छ । नवभारत टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्
MBL