Logo

शनिबार थपिए ६३४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै थपिए २१६ जना

शनिबार थपिए ६३४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै थपिए २१६ जना



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल ६ सय ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ जनाको स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २ सय १६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये काठमाडौं जिल्लामा १ सय ६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL