Logo

पीसीआर परिक्षण नगरेका नेपाली नागरिकको उद्धार नहुने, एउटै प्लेनमा कोरोना नेगेटिभ र पोजेटिभलाई राखेर ल्याउन नपाईने

पीसीआर परिक्षण नगरेका नेपाली नागरिकको उद्धार नहुने, एउटै प्लेनमा कोरोना नेगेटिभ र पोजेटिभलाई राखेर ल्याउन नपाईने



काठमाडौं । आरटी पीसीआर परिक्षण नगराईने देशबाट बैदेशिक रोजगारमा जाने यात्रुलाई ल्याउन नपाईने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले कोरियालगायत देशमा बैदेशिक रोजगारीमा गएका नेपाली कामदारको आरटी पीसीआर परिक्षण नहुने देशबाट यात्रु नल्याउने निर्णय गरेको हो ।

शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउँदै अर्थमन्त्री युवराज खतिवडाले उक्त निर्णय भएको बताएका हुन् । उनका अनुसार केही देशमा नेपाली नागरिकको पीसीआर परिक्षण नहुने भएकाले यस्ता देशबाट यात्रु नल्याउन निर्देशन दिईएको हो ।

यस्तै कुनैपनि एइरलाईन्स कम्पनीहरुले आरटी पीसीआर परिक्षण गरी नेगेटिम रिपोर्ट आएका र पोजेटिभ रिपोर्ट आएका यात्रुहरुलाई ल्याउन पाउने छैनन ।

साथै एक दिनमा बैदेशिक रोजगारीमा गएका ५ सय भन्दा बढी यात्रु ल्याउन नपाईने समेत निर्णय गरेको छ । पछिल्लो समय नेपालमा संक्रमितको संख्या बढीरहँदा सरकारले यसको रोकथामका लागि कडा कदम चाल्ने गरी प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL