Logo

पछिल्लो २४ घण्टामा थपिए ८३८ जना कोरोना संक्रमित, उपत्यकाका १८२ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थपिए ८३८ जना कोरोना संक्रमित, उपत्यकाका १८२ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालभर संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ सय ८२ जनामा संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १ सय ४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL