Logo

मन्त्रिपरिषदको निर्णय : निषेधाज्ञामा पनि कच्चा पदार्थ बोकेका सवारीसाधन चल्न दिइने, दैनिक ३ उडानमार्फत नेपालीको उद्दार

मन्त्रिपरिषदको निर्णय : निषेधाज्ञामा पनि कच्चा पदार्थ बोकेका सवारीसाधन चल्न दिइने, दैनिक ३ उडानमार्फत नेपालीको उद्दार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले निषेधाज्ञामा पनि उद्योग कलकारखानाका लागि कच्चा पदार्थ बोकेका ट्रक लगायतका ढुवानीका साधनलाई सञ्चालन गर्न दिने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैंठकले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकै अवस्थामा पनि उद्योग कलकारखानाका लागि कच्चापदार्थ बोकेको मालबाहक सवारीसाधनलाई चल्न दिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बसेको बैठकमा कोरोना रोकथामका लागि गठिन कोरोना संकट व्यवस्थापन केन्द्र सिसिएमीले तयार गरेको प्रस्तावित निर्णयहरुमाथि छलफल भएको थियो ।

सोही अनुरुप सरकारले विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार पुनः सुरु गर्ने निर्णय समेत गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दैनिक ३ चार्टर उडानमार्फत विदेशमा समस्यामा परेका नेपाली ल्याउने निर्णय गरेको हो ।

तर त्यसरी विदेशबाट आएका यात्रुले पिसिआर रिर्पोट ल्याएपनि ७ दिन क्वारेन्टिन बस्नुपर्ने छ । पर्यटन मन्त्रालयको समन्वयमा विदेशबाट आएका यात्रुलाई बस्ने होटलको लिस्ट तयार गरिने भएको छ । तर त्यसरी होटलमा बसेका व्यक्तिले होटलको खर्च आफै व्यहोर्नुपर्ने छ ।

बैंठकले नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुलाई नेपाल आउन र संबन्धित देशमा सहज ढंगले आवत जावतको व्यवस्था गर्ने निर्णय भएको छ ।

यस्तै सरकारले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारी, समुदायिक र निजी अस्पतालले आफ्नो क्षमता अनुसार आईसोलेसन बढाउने निष्कर्ष निकालेको छ ।

बैठकमा बाढी पहिरो प्रभावितको अवस्था, राहत वितरणको अवस्थाका बारेमा प्रधानमन्त्रीले चासो राखेका एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL