Logo

संविधानको विरोधमा भारतले लगायो जाँचपासमा रोक, पेट्रोलियम पदार्थ लोडिङमै अवरोध

संविधानको विरोधमा भारतले लगायो जाँचपासमा रोक, पेट्रोलियम पदार्थ लोडिङमै अवरोध


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ असोज, काठमाडौं । भारतले नेपालमा जारी भएको संविधानको अस्वीकार गर्दै नेपालमा पेट्रोल र ग्याँस आपूर्तिमा अबरुद्ध गरेको छ । संविधानको विरोधमा आजबाट भारतीय आयल निगम (आइओसी)को रक्सौल डिपोबाट नेपालतर्फको पेट्रोलियम आपूर्ति अवरुद्ध गरेको हो । मधेसमा जारी हिंसाका कारण ढुवानी असुरक्षित भएको भन्दै आइओसीले भारतीय रक्सौल डिपोबाट पेट्रोलियमको लोड गरेको छैन । साथै, लोड भएका आएका गाडीहरुलाई पनि सुरक्षाको कारण देखाउँदै भारतले भन्सार तथा सीमा नाकामा जाँचपास नदिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

भारतले हिजो मात्र एक विज्ञप्ती जारी गर्दै नेपालको आपूर्ति व्यवस्थामा समस्या आउने चेतावनी दिएको थियो । नेपालका राजनीतिक दलले भारतसँग नसोधी संविधान जारी गरेको भन्दै असन्तुष्ट पोखेको थियो । नेपाल मामिलाको सम्बन्धमा भारतले नेपालका लागि आफ्ना राजदूतलाई स्वदेशमै बोलाएर छलफल गरेको थियो ।

यस्तै, पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङकरलाई सुरक्षाको कारण देखाउँदै नेपाल प्रवेशमा रोक लगाएको छ । जसले गर्दा पेट्रोलियम पदार्थ बोकेका टयाङ्कर सीमा नाकामा अलपत्र परेर बसेका छन् । यस्तै, आईओसीले सोमबार रातीदेखि तेल ढुवानीमा समस्या आएको भन्दै ग्याँस तथा पेट्रोलियम पदार्थ बोकको ट्याङकरहरु सीमा नाकामा नै रोकेर राखेको स्रोतले जानकारी दिएको छ ।

भारतले अन्य उपभोग्य बस्तुको आयातमा पनि अवरोध गरेको सम्बन्धित आयातकर्ताहरुले बताएका छन् । सीमामा खटिएका भारतीय सुरक्षाकर्मीले आवातजावतमा समेत कडाइ गरेका छन् । लगातारको बन्द र आपूर्तिमा अवरोधका कारण सीमावर्ती भारतीय क्षेत्रमा हजारौं ट्रक बाटोमै अलपत्र परेर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL