Logo

बिहीबार थपिए ७०७ जना कोरोना संक्रमित, उपत्यकाका २०० जनामा संक्रमण पुष्टि

बिहीबार थपिए ७०७ जना कोरोना संक्रमित, उपत्यकाका २०० जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबारसम्म संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । तीमध्ये १७ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा २०० जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL