Logo

निषेधाज्ञा उल्लंघन गर्ने एक हजार बढी सवारीसाधन नियन्त्रणमा, उपत्यकाका ४० ठाउँमा ट्राफिक प्रहरीको चेकिङ

निषेधाज्ञा उल्लंघन गर्ने एक हजार बढी सवारीसाधन नियन्त्रणमा, उपत्यकाका ४० ठाउँमा ट्राफिक प्रहरीको चेकिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निषेधाज्ञा तोड्ने करिब एक हजार सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक महाशाखाका अनुसार दिउँसोसम्म २ बजेसम्ममा १ हजार बढी सवारी नियन्त्रणमा लिइसकिएको छ ।

उपत्यकाका ४० ठाउँमा प्रहरीले सवारी चेकिङ गरिरहेको छ । अत्यावश्यकबाहेकका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार रातिदेखि एक साताका लागि तीनवटै कडा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञामा अत्वाश्यक कामबाहेक हिँड्डुल गर्नेलाई कारबाही गरिने एसपी गौतमले बताए ।

यता महानगरीय प्रहरी कार्यालयका अनुसार झण्डै १२ सय जनालाई राजधानीका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ । उनीहरुलाई सडकमै एक घण्टा उभ्याएर पठाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL